२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

कर्णालीका नौ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन



सुर्खेत ।  सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशका नौ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर आज एकैसाथ प्रदेशका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीको सुपथ मूल्य पसलबाट उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा (५) पाँच रुपैयाँ छुट पाएका छन् ।

सुर्खेत स्थित कम्पनीको प्रादेशिक कार्यालयले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताका लागि चार प्रकारका चामलसँगै चिनी, खानेतेल र कर्णालीका (गेडागुडी) दाल उपलब्ध गराईएको छ ।

कम्पनीका प्रादेशिक कार्यालय प्रमुख केशबराज बुढाले स्थानीय किसान र उद्योगलाई बजारसँग जोड्दै आम उपभोक्तालाई गुणस्तरीय वस्तु सहजरुपमा उपलब्ध गराउनु नै सुथप मूल्य पसल सञ्चालनको मुख्य उद्देश्य रहेको बताए ।

उनले आज एकैसाथ कर्णाली प्रदेशको सल्यान बाहेक सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्लामा सुपथ मूल्य पुसल सञ्चालनमा ल्याईएको जानकारी दिए ।

उनका अनुसार सल्यानमा कम्पनीको कार्यालय नभएपनि छिमेकी जिल्ला दाङबाट त्यहाँ सेवा प्रवाह भईरहेको छ ।

 

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
Translate »