२०८३ साउन ३० , शनिबार
Sky News Nepal
August 16, 2026

पारिवारिक निजी वन संघ कर्णाली प्रदेशको अध्यक्षमा विन्दुलाल रेग्मी



सुर्खेत । पारिवारिक निजी वन संघ कर्णाली प्रदेशको अध्यक्षमा विन्दुलाल रेग्मी चयन भएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा रेग्मीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । प्रदेश समितिको उपाध्यक्षमा हरिबहादुर सिंह, सचिवमा नविनकुमार शाही, उपसचिवमा लक्ष्मी बोहरा र कोषाध्यक्षमा ताराकुमारी बोगटी रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा मनिशाकुमारी मल्ल चन्द, धनराज खड्का, टीका डाँगी, जीवराज रेग्मी, विष्णुदेवी रावल, प्रदिप बोहरा, वीरेन्द्र पछाईं, रत्नकला गिरी, शान्तिदेवी मल्ल र हिरा बुढा रहेका छन् ।

सो अवसरमा पारिवारिक निजी वन संघका केन्द्रिय अध्यक्ष जोगराज गिरीले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार
Translate »