२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 16, 2026

घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु



आक्रा, घाना। घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् ।

पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त सहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो ।

अब्दुलाईले भन्नुभयो, “बावुकु र आसपासका क्षेत्रमा सशस्त्र आक्रमणका कारण प्रहरीको सुरक्षामा गाडीहरू चलाइएको र ती गाडीहरूमा केही ब्यापारीसमेत रहेका थिए ।

सुरक्षा गस्तीसहित चलाइएका बसमा अज्ञात बन्दुकधारीहरूले पुसिगाको नजिकै बसहरूमा एक्कासी गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो र अन्य केही घाइते भएका थिए ।

अब्दुलाईका अनुसार सुरक्षा निकायले द्रूत गतिमा जवाफी कारबाही गर्दै आक्रमणकारीको खोजी सुरु गरेको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।सिन्ह्वा

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार
Translate »