२०८३ कात्तिक १ , शनिबार
Sky News Nepal
October 17, 2026

माओवादी सशस्त्र द्वन्द्वमा विस्थापित ईलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापित



बाँके । माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको नरैनापुर इलाका प्रशासन कार्यालय २१ वर्ष पछि पुनःस्थापना भएको छ ।

आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका ऊर्जा जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले इलाका प्रशासनको स्थापनासँगै अब स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज जानु पर्ने बाध्यताको अन्त्य भएको बताए ।

उनले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गृह मन्त्रालयसँगको लामो प्रयास दरबन्दी स्वीकृत भएपछि र्इलाका कार्यालय स्थापना भएको जनाए । र्र्इलाका प्रशासन कार्यालय नरैनापुर बिगत २१ बर्ष देखि नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको थियो ।

नागरिकता, प्रशासनिकलगायतका सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज जान बाध्य थिए । गाउँपालिकाले कृषि शाखाको भवन दिए पछि र्इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले र्इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न विगतमा नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको स्मरण गर्दै उहाँले लामो समय पछि नरैनापुरमा स्थापना भएको इलाका प्रशासनले जनतालाई ठुलो राहत पुग्ने जिकिर गरे ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रहरी उपरीक्षक तुलबहादुर कार्की, अनुसन्धानका उपनिर्देशक ओम खड्का, बहिनी पति रबिन श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रशासकीय अधिकृत माधव सिहको नेतृत्वमा ३ जना नासु र १ जना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीलाई पठाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहीबार
Translate »