सुर्खेत प्रहरीद्वारा कच्ची घर भत्किएर च्यापिएकी बालिकाको उद्दार


वीरेन्द्रनगर सम्वाददाता । सुर्खेत प्रहरीले कच्ची घर भत्किएर च्चापिएकी बालिकाको उद्दार गरेको छ ।
प्रहरीले सुर्खेत जिल्ला सदरमुकाम वीरेन्द्रनगर–१२, करेखोलामा वर्षातका कारण ढुङगाको माटोले बनेको दुई तले कच्ची घर भत्किएर च्यापिएकी घाइते १४ वर्षिया बालिका सुशीला बुढाको सकुशल उद्दार गरेको हो ।

दुबै खुट्टामा चोट लागेर घाईते भएकी स्थानीय खम्म बुढाकी छोरी सुशीलाको उद्दारपछि प्रहरीले उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको जनाएको छ ।


सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काको नेतृत्वमा गएको १८ जनाको टोलीले नेपाली सेनाको सहकार्यमा भत्किएको घरमा पुरिएका खाद्यान्न, भाडाँकुडा र लत्ता कपडा निकालेर पीडित परिवारलाई रात्री बासस्थानको व्यवस्थापन समेत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
घाईते बालिका सुशीलाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।


