एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना,पाँचको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । ‘घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरूले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्,’ उनले भने । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । रासस

Translate »