१२ जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले १२ प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ३६ जनाको सरुवा गरेको छ । रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा उपसचिव राजु प्रसाद पौडेल सरुवा भएका छन् । डोल्पाको प्रजिअमा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई र बाजुरामा मेघनाथ पाध्यालाई सरुवा गरिएको छ ।

मातृका आचार्यलाई मनाङको सीडीओ बनाएर पठाइएको छ । मुगुमा कमल प्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्र प्रसाद न्यौपाने र दैलेखमा नवराज जैसी सरुवा भएका छन् ।

नारायण पाण्डेलाई हुम्ला र विष्णु प्रसाद भुषाललाई मुस्ताङ सरुवा गरिएको छ । रसुवाको प्रजिअमा अर्जुन पौडेललाई पठाइएको छ । रामबहादुर शाहीलाई जुम्ला पठाइएको छ ।

Translate »