

काठमाडौं । पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीको पत्रका आधारमा आइतबार जोशीलाई उपत्यका अनुसन्धान अपराध कार्यालयले काठमाडौंबाट पक्राउ गरेको हो । जोशीलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ ।
प्रकाशित मिति : २०८१ असोज ६ गते आइतबार











