हुम्लाको ताजाँकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–४, पैमामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे तीन बजे ताँजकोट गाउँपालिका–४, को पैमा खोलानजिक रहेको तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० घर भएकी ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेलि गाउँपालिका–६ का ५ वर्षीय अविशेक बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गियर बस बिग्रीएर रोकिराखेको जीप ब्याक भई तीन सय मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए ।

उनका अनुसार जीपमा चालक सहित सात जना सवार मध्ये गियर बक्स बिग्रेपछि पाँचजना गाडीबाट झरेको र मृतक दुईजना गाडीमै थिए । बुढा विष्णुसँगै नेपालगञ्ज मामा घरमा दशैं मान्न जार्दै थिए ।

Translate »