२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 16, 2026

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा सबै दलसँग छलफल गर्नुपर्दछ : लिङ्‌देन



नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्‌देनले सरकारले ल्याउन थालेको भनिएको अध्यादेश अनुपयुक्त भएको बताएका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा सबै दलहरूसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी सरकारले अध्यादेश ल्याउनु अनुपयुक्त हुने बताएका हुन् ।

उनले अहिलेको व्यवस्थाले अवस्था परिवर्तन गर्न नसकेको जिकिर गर्दै राजावादीदेखि माओवादीसम्म अट्ने व्यवस्था आवश्यक रहेको औल्याए ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार
Translate »