२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

रत्न राजमार्गको देउरालीमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाईते



सुर्खेत ।  कोहलपुर–सुर्खेत रत्न राजमार्गको देउराली नजिकै आज फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।

जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु २ ख–५७८५ नम्वरको फोर्स गाडी बाँकेको बैजनाथ गाउँपालिका–१, (१५ खोला मोडमा) टायर पड्किँएर सडकमै पल्टिएर दुर्घटना हुँदा पाँच जना घाईते भएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

घाईते हुनेमा बाँकेको कोहलपुर नगरपालिका–११, का गाडी साहु ४२ वर्षिय अलिबहादुर शाही, बर्दिया बासगढी नगरपालिका–१, की ३५ वर्षिया टिका घर्ती, जुम्लाको पतारासी गाउँपालिका–५, की ४४ वर्षिया सुशीला बुढा एवं सोही ठाउँकी ३१ वर्षिया अमकली बुढा र बर्दियाको बासगढी नगरपालिका–३, की २० वर्षिया गिता परियार रहेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी हवल्दार कुल्पनाकुमारी शाहीले जानकारी दिईन् ।

उनका अनुसार घाईतेहरुको उद्दार गरी बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । गाडी चालक र गाडीलाई प्रहरीको नियन्त्रणमा राखेर घटना बारे थप अनुसन्धान अगाडि बढाईएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार
Translate »