

सुर्खेत । सुर्खेत–दैलेख सडकखण्डको रानीमत्तामा आज फोर्स गाडी दुर्घटना चार जनाको मृत्यु भएको छ ।
दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्रगतिका कारण दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी ) वीरेन्द्रवीर विश्वकर्माका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । अहिले २५ जना घाइतेलाई उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ ।
२९ जना सवार उक्त गाडी सडक भन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।
प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार











