

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका–३, राडुनेटामा आज दिउँसो बोरेलो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
पलाँताको थिर्पूबाट १९ जना यात्रु बोकेर आएको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट जिल्लाको पलाँता गाउँपालिका–६, का दसकला शाही, सोही ठाउँका पदम बम, भगवति रोकाया, गणेश शाही, वडा नंम्वर ५, का छायाँ शाही र वडा नम्वर ३, का दमन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।


दुर्घटनामा परी घाइते हुनेमा कालिकोट पलाँता गाउँपालिका–६, का केशब थापा सोही ठाउँका किशोर थापा, बिजय थापा, रिदम शाह, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया, दान बहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, चालक वतन नखुलेको धनिराम रावत, पलाँता गाउँपालिका–५, का दोलि बिक, र आयुशा बिक रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
घाईते १३ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपाचार भईरहेको छ । ती मध्ये चार जनाको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जीप सडकबाट ५०० मिटर तल खसेको थियो ।












