मनाङबाट निर्वाचित प्रदेश सभा सदस्य दिपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपक मनाङे पक्राउ परेका छन ।

उनलाई आज काठमाडौंको सानो भर्‍याङबाट प्रकाउ गरिएको सिआईबीका एसपी एवं प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए । पक्राउ गरेपछि अहिले उनलाई प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोमा राखिएको प्रवक्ता बोगटीले बताए ।

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका मनाङेलाई प्रहरीले पक्राउ गरेको हो । मनाङेलाई ५ बर्ष कैदको फैसला अदालतले सुनाएको छ।

मनाङबाट प्रदेश सभा सदस्य निर्वाचित मनाङे गण्डकी प्रदेशमा पटक–पटक मन्त्री भएका थिए । सर्बोच्चको फैसलापछि मनाङे फरार थिए । तर उनले विज्ञप्ती निकालेर आँफू नभागेको फैसलाको पूर्ण पाठ आएपछि अदालतमा आँफै उपस्थित हुने जनाएका थिए ।

Translate »