मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु


नेपालगन्ज । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
नेपालगंज उपमहानगरपालिका–१०, आदर्शनगरस्थित मानव सेवा आश्रम नजिक सुर्खेतरोडमा भारतीय सीमावर्ती सहर रुपैडियादेखि नेपालगञ्जतर्फ आउँदै गरेको युपी ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक नेपालगन्ज उपमहानगरपालिका–२ बागेश्वरी टोल नजिक ग्यारेन्टी गहनाको पसल सञ्चालन गरिहेका व्यवसायी ३८ वर्षीय मनिषकुमार श्रीवास्तवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रीवास्तवको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

