करेन्ट लागेर एक जनाको मृत्यु

कालिकोट । कालिकोटको शुभकालिकामा विद्युतीको करेन्ट एक जनाको मृत्यु भएको छ ।

आज विहान रारास्थित मर्मतका लागि बिजुलीको पोलमा चढेका बेला करेन्ट लागेर शुभकालिका गाउँपालिका–४, का २६ वर्षिय वीरेन्द्र चौलागाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख (डीएसपी) टेकबहादुर रावतका अनुसार विद्युतलाईन मर्मत गरिरहेका बेला विद्युत प्रवाह हुँदा करेन्ट लागेर चौलागाईको मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान भईरहेको उनको भनाइ छ ।

Translate »