मेडिकल व्यवसायी दुर्गा प्रसाई घरबाटै पक्राउ


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रसाईलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईको घरमै पुगेर पक्राउ गरेको जनाएको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले साइबर अपराध सम्बन्धी कसुरमा उनलाई पक्राउ गरेको पुष्टि गरे ।

प्रसाईले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब लगानी रहेको दाबी गर्दै केही दस्ताबेज सार्वजनिक गरेका थिए ।
ती दस्ताबेज तथ्य जाँच भने भइसकेको छैन । एमालेले र ओली निकटहरुले ती दस्ताबेज फर्जी खडा गरिएको दाबी गर्दै प्रतिवादमा छन् ।

