बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

सल्यान । सल्यानमा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार महिला बलात्कार गरेको आरोपमा जिल्लाको कुमाख गाउँपालिकाका २६ वर्षीय सन्देश शाह र बालिका बलात्कार गरेको आरोपमा शारदा नगरपालिकाका १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शाह र ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १४ वर्षिय नाबालकलाई पक्राउ गरि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

शाहले गत कार्तिक २८ गते र बालकले कार्तिक २० गते बालिका बलात्कार गरेको आरोप छ । आफन्तले जाहेरी दिएपछि दुवैलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।

Translate »