२०८३ भदौ १० , बुधबार
Sky News Nepal
August 26, 2026

कर्णाली बैंकद्वारा निक्षेप फिर्ता सुरु



बाँके । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बुधबारदेखि निक्षेप फिर्ता सुरु गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका सदस्य विष्णुपुकार विश्वकर्माका अनुसार बुधबार बैंकले झन्डै दुई करोड रुपैयाँ निक्षेप फिर्ता गरेको जानकारी दिए । बैंकका १९ शाखा मध्ये १६ वटा शाखा मार्फतप्रति व्यक्ति बढीमा २५ हजार रुपैयाँका दरले एउटा शाखामा ५० जनाका दरले ८ सय जना भन्दा बढीलाई रकम फिर्ता गरिएको विश्वकर्माको भनाई छ ।

आज बिहीबार थप तीन शाखाबाट पनि निक्षेप फिर्ता गरिने विश्वकर्माले जानकारी दिए । निक्षेप फिर्ता पाउने शाखा मध्ये दाङका ७, बर्दियाका ६ र बाँकेका ३ वटा रहेका छन् ।

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले एक सूचना प्रकाशित गरी प्रथम चरणमा बिरामी, वृद्ध, बालबालिकालाई औषधि उपचार प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम् २५ हजार रुपैयाँका दरले ५० जनाका दरले निक्षेप भुक्तानी गर्ने उल्लेख थियो ।

नेपाल राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिए यता कर्णाली बैंकमा दिनहुँ निक्षेपकर्ताको भीड लागिरहेको छ । नेपाल राष्ट्र बैंकको प्रारम्भिक छानबिनमा बैंकमा अनियमिता भएको आशंका गरिएको छ । विश्वकर्माले भने, ‘रकम गडबड भएकै हो । बढीमा एक हप्ताभित्र समूहले छानबिन गरिसक्नेछ ।’

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार
Translate »