२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

एक करोड बैङ्क ग्यारेन्टी बुझाएर रिहा भए रवि



काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले तोकेको एक करोड बुझाएर रवि लामिछाने रिहा भएका छन् ।

न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार अदालतले लामिछानेलाई एक करोड धरौटी बैङ्क ग्यारेन्टीमा तारेखमा राख्नू भन्ने आदेश भएको जानकारी दिए ।

न्यायाधीश योगीको इजलासले दिएको आदेशमा मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम एक करोड नगद धरौटी, जायजेथा जमानत वा सर्तरहित बैङ्क ग्यारेन्टी लिई तारेखमा राख्नु, बुझाउन नसके पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

सुप्रिम सहकारीको रकम सङ्गठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोग पत्र दर्ता गरिएको थियो ।पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार
Translate »