आमा…..!

तोते तोते बोली गर्दै हजुरकै साथमा हिने
विस्तारै विस्तारै आमा !
हजुरकै साथामा संसार चिने
कोही नि थिएनन् जब आमा हजुरलाई  साथ दिने
त्यति बेला मैले आफन्त पराई चिने
कति कोमल अनि निश्वार्थ आमाको माया !
आमा एक छिन साथमा नहुँदा जिस्काउँछ छायाँ, भन्नुहुन्थ्यो आमा छोरी  नलागे है दायाँबायाँ
शत्रुहरु हैरी बस्छत बनी तिम्रो छाँया ।।
चिटिक्कै पारेर पठाउनु‌ह‌न्थ्यो स्कूल सुरुसुरु
हाम्रा लागि त आमा नै हो पहिलो हाम्रो गुरू
आमा !
जब याद आउछ ती फुटेका हात
अहिले टाढा छौं कसले दियो र साथ ।
आमाकै सम्झना पलपल याद आउँछ
सँगै भएको भए काखमा निदाउँझै लाउँछ।।
कहिल्यै तिर्न सक्दिन् म दुधको भारा
मेरा लागि आमा नै संसार सारा ।।
 – निस्मा न्यौपाने वीरेन्द्रनगर, सुर्खेत ।

Translate »