२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

रुकुम पश्चिम जिल्ला कारागारमा एक कैदीको मृत्यु



खलंगा । रुकुम पश्चिम जिल्ला कारागारमा एक कैदीको मृत्यु भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका–१० का ५९ वर्षीय मनबहादुर बुढाको  उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका बुढा गएराति एक्कासि बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) बेदप्रसाद पौडेलले जानकारी दिए ।

उनले मृत्तक बुढालाई प्रेसर, श्वासप्रश्वास र मधुमेहको पनि समस्या रहेको बताए ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार
Translate »