सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार

सुर्खेत । नेपाली सेनाको हेलिकप्टरबाट हुम्लाको चखेली गाउँपालिका–४ की एक गर्भवती महिलाको उद्दार गरेको छ ।

जटिल प्रसूति समस्या देखिएपछि उनलाई थप उपचारका लागि चैत ७ गते हवाई मार्फत प्रदेश अस्पताल सुर्खेत ल्याईएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत ती महिलाको उद्दार गरिएको नेपाली सेनाले जनाएको छ ।

मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उपचारका लागि सेनासँगको समन्वयमा निःशुल्क हवाई उद्दार कार्यक्रम सञ्चालन गर्दै आएको छ । समयमै उद्दार गरी प्रदेश अस्पताल पुर्‍याइएपछि ती महिलाको ज्यान जोखिममुक्त भएको र थप उपचार भइरहेको छ ।

Translate »