सुत्केरी व्यथाले छटपटाएकी हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्दार

सुर्खेत । नेपाली सेनाले बाजुराबाट सुत्केरी व्यथाले छटपटाएकी महिलाको उद्दार गरेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–१, की १९ वर्षीया ललिता नेपालीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि आज सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याईएको हो ।

सोमवार साँझदेखि सुत्केरी व्यथा लागेपछि हुम्लाबाट उनलाई उपचारका लागि बाजुरा जिल्ला अस्पताल पु¥याइएको थियो ।  तर, त्यहाँ पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत ल्याईएको प्रदेश अस्पतालका सूचना अधिकारी (उप–सचिव) अनिता ज्ञवालीले जानकारी दिईन् ।

ललिताको गर्भमै दुई वटा शिशु रहेका मध्य एउटाको टाउँको माथितिर र अर्कोको तलतिर फर्केकाले अवस्था जटिल देखिएपछि (एनआईसीयु) सेवा आवश्यक ठहर गर्दै बाजुरा जिल्ला अस्पतालबाट सुर्खेत रिफर गरिएको बाजुराकी स्वास्थ्यकर्मी शान्ति कैलाले बताईन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत ती महिलाको उद्दार गरिएको नेपाली सेनाले जनाएको छ । मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उपचारका लागि सेनासँगको समन्वयमा निःशुल्क हवाई उद्दार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

समयमै उद्दार गरी प्रदेश अस्पताल पु¥याइएपछि ती महिलाको ज्यान जोखिममुक्त भएको र अहिले थप उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Translate »