एमालेमा विभाग र जनसंगठन इन्चार्ज प्रस्ताव, नेतृत्वमा नयाँ अनुहारहरु


काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न विभाग तथा जनसंगठनका लागि नेतृत्व प्रस्ताव अघि सारेको छ । सचिवालय बैठकले विभागीय प्रमुख र इन्चार्जहरूको नाम प्रस्ताव गरेको हो । शुक्रबार बस्ने सचिवालय बैठकले यसबारे थप निर्णय गर्नेछ ।
विदेश मामिला विभागको नेतृत्वका लागि प्रदीप ज्ञवालीलाई प्रस्ताव गरिएको छ भने संसदीय मामिला विभागमा पद्मा अर्याल र राष्ट्रिय हित संरक्षण विभागमा हिक्मत कार्कीलाई जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।
त्यस्तै, संगठन विभागको प्रमुखमा भानुभक्त ढकाल र प्रचार तथा प्रकाशन विभागको नेतृत्वमा डा. सूर्य पाठकलाई प्रस्ताव गरिएको छ । पार्टी स्कुल विभागको जिम्मेवारी शेरबहादुर तामाङलाई दिने तयारी गरिएको छ ।
एमालेले अन्य विभिन्न विभागहरूमा पनि नेताहरूको जिम्मेवारी बाँडफाँटको प्रस्ताव गरेको छ । पर्यटन तथा नागरिक उड्डयन विभागमा आनन्द पोखरेल, उद्योग–वाणिज्य तथा आपूर्ति विभागमा कर्ण थापा, युवा तथा खेलकुद विभागमा क्रान्ति बुर्लाकोटी तथा भूमि व्यवस्था विभागमा गोकुल बास्कोटालाई प्रस्ताव गरिएको छ ।
यसैगरी विभिन्न जनसंगठन र विशेष फाँटका इन्चार्जहरू पनि तोकिएका छन् । सचिवालय बैठकले आगामी शुक्रबार बस्ने बैठकमार्फत कार्ययोजनासहित अन्तिम निर्णय गर्ने तयारी गरेको छ।
प्रस्तावित विभागीय प्रमुखहरू :-
प्रदीप ज्ञवाली– विदेश मामिला विभाग प्रमुख
पद्मा अर्याल– संसदीय मामिला विभाग प्रमुख
हिक्मत कार्की– राष्ट्रिय हित संरक्षण विभाग प्रमुख
भानुभक्त ढकाल– संगठन विभाग प्रमुख
डा। सूर्य पाठक– प्रचार तथा प्रकाशन विभाग प्रमुख
शेरबहादुर तामाङ– पार्टी स्कुल विभाग प्रमुख
आनन्द पोखरेल– पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख
इन्द्र भण्डारी– पार्टी सम्बद्ध प्रतिष्ठान इन्चार्ज
कल्पना चापागाईं– समाज कल्याण तथा समाजसेवा विभाग प्रमुख
कर्ण थापा– उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख
क्रान्ति बुर्लाकोटी– युवा तथा खेलकुद विभाग प्रमुख
गणेश ठगुन्ना– संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख
खेम लोहनी– सहकारी तगा गरिबी निवारण विभाग प्रमुख
विन्दा पाण्डे– श्रम तथा रोजगार विभाग प्रमुख
गोकुल बास्कोटा– भूमि व्यवस्था विभाग प्रमुख
घनश्याम पाण्डे– प्रवासी नेपाली मञ्च, युरोप इन्चार्ज
जितु गौतम– उपभोक्ता हित तथा सुशासन विभाग प्रमुख
ज्वाला साह– कृषि तथा पशुपन्छी विकास विभाग प्रमुख
ठाकुर गैरे– खानेपानी तथा सरसफाइ विभाग प्रमुख
देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख
निरज आचार्य– निर्वाचन आयोग प्रमुख
निरूदेवी पाल– अध्यक्ष केपी शर्मा ओली/नेशनल भोलेन्टियर फोर्स इन्चार्ज

बिनाकुमार श्रेष्ठ– पुस्तकालय तथा अभिलेख विभाग प्रमुख
भारती पाठक– वन तथा वातावरण विभाग प्रमुख
डा। भीष्म अधिकारी– वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख
रचना खड्का– विज्ञान तथा प्रविधि विभाग प्रमुख
राजेन्द्र गौतम– स्थानीय विकास विभाग प्रमुख
रमेश बडाल– कानुन विभाग प्रमुख
रामकुमारी झाक्री–सहरी विकास विभाग प्रमुख
विशाल भट्टराई– जनसंगठन समन्वय संयन्त्र प्रमुख
सुशीला नेपाल– सामाजिक सेवा विभाग
हेमराज राई– साहित्य तथा कला संस्कृति विभाग प्रमुख
पार्वती रावल– शिक्षा तथा मानवस्रोत विभाग प्रमुख
प्रस्तावित जनसंगठन इन्चार्जस्
क्षितिज थेवे– युवा फाँट इन्चार्ज
रश्मी आचार्य– विद्यार्थी फाँट इन्चार्ज
हरिप्रसाद घिमिरे– भारत प्रवाश इन्चार्ज
कृष्णभक्त पोखरेल– कानुन फाँट इन्चार्ज
उर्मिला सुनुवार–अपांगता फाँट इन्चार्ज
जनक चौधरी–मजदुर विशेष इन्चार्ज
गोरखबहादुर बोगटी– भूमि अधिकार फाँट इन्चार्ज
गिरिधारीलाल न्यौपाने– किसान फाँट इन्चार्ज
खेममान खड्का–भूपू सैनिक तथा प्रहरी फाँट इन्चार्ज
टुकाभद्रा हमाल– महिला फाँट इन्चार्ज
मनोहर बि पौडेल– मुक्ति समाज इन्चार्ज
महमद हारून हलुवाई– मुस्लिम इत्तेहाद इन्चार्ज
भोलानाथ पोखरेल रोहित– पेसागत फाँट इन्चार्ज
भूमिका लिम्बू सुब्बा–जनसांस्कृतिक फाँट इन्चार्ज
रविन्द्र अधिकारी– प्रवासी नेपाली मञ्च मध्यपूर्व इन्चार्ज
मीनबहादुर शाही– मानवअधिकारी एलाइन्स इन्चार्ज

