सुर्खेतमा टिप्परको ठक्करबाट युवकको मृत्यु

सुर्खेत ।  सुर्खेतमा टिप्परको ठक्करबाट एक युवकको मुत्यु भएको छ ।

जिल्लाको भेरीगंगा नगरपालिका–२, कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०६४७ नम्बरको टिप्परले ठक्कर दिँदा पैदलयात्री भेरीगंगा नगरपालिका–२, का २३ वर्षीय कमल वलीको मृत्यु भएको हो ।

गएराती टिप्परको ठक्करबाट गम्भीर घाइते भएका वलीलाई प्रदेश अस्पताल कालागाउँ पु¥याईएपनि उपचारका क्रममा आज मृत्यु भएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

उनले आवश्यक कारवाहीका लागि चालक मानबहादुर चौधरीसँगै टिप्परलाई सत्तरीबाट नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको बताए । उनका अनुसार लास प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

Translate »