सिद्धपाइला स्कूलका प्रिन्सिपल खत्रीलाई ‘एक्सीलेन्स प्रिन्सिपल अवार्ड अफ दि इयर’


काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर स्थित चर्चित सिद्धपाइला इङ्लिस मिडियम सेकेन्डरी स्कूलका प्रिन्सिपल नैनसिंह खत्रीलाई ‘एक्सीलेन्स प्रिन्सिपल अवार्ड अफ दि इयर’ बाट सम्मानित भएका छन् ।
शिक्षालय मासिक पत्रिकाले खत्रीलाई शिक्षा क्षेत्रको उन्नयनका लागि पु¥याएको उत्कृष्ट योगदानको कदर गर्दै ‘नेसनल एजुकेशन अवार्ड’ अन्तर्गत एक्सीलेन्स प्रिन्सिपल अवार्ड अफ दि इयरबाट सम्मान गरेको हो ।
शनिबार लाजिम्पाटस्थित रेडिसन होटलमा आयोजित कार्यक्रम मार्फत सिद्धपाइलाका प्रिन्सिपल खत्रीसहित विगत लामो समयदेखि नेपाली शिक्षा क्षेत्रको उन्नयनका लागि निरन्तर योगदान पु¥याए वापत सुर्खेतकै भेरीगंगाको देउती विद्या मन्दिर सेकेन्डरी स्कूलका प्रिन्सिपल नोखबहादुर खत्रीलाई डाइनामिक प्रिन्सिपल अवार्ड, जाजरकोटको श्रीएन.पी. फ्रेन्डसिप इङ्लिस स्कूलका प्रिन्सिपल नरबहादुर खड्कालाई एक्सीलेन्स स्कूल अवार्ड र रुकुम पश्चिमको विजेश्वरी इङ्लिस मिडियम बोर्डिंग स्कुलका अध्यक्ष अनिता कुमाई भण्डारीलाई गुडवील अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको हो ।

उक्त अवसरमा सिद्धपाइलाका प्रिन्सिपल खत्रीले आफुलाई सम्मानित गर्ने आयोजक संस्थाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे । ‘यो सम्मानले मेरो नेतृत्व र शिक्षा क्षेत्रप्रतिको मेरो जिम्मेवारीलाई अझै उचाइमा पु¥याएको छ,’ उनले भने, ‘सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आयोजक परिवारप्रति म विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

उनले आगामी दिनमा विद्यालयको विकासका लागि अझ उत्कृष्ट बनाउन नयाँ उत्साह र उमङ्गका साथ शैक्षिक योजनामा जुट्ने बताए । शिक्षालय मासिक पत्रिकाले खत्रीद्वय र खड्कासहित देशभरका ४२ वटा शिक्षण संस्था र व्यक्तिलाई ‘नेशनल एजुकेसन अवार्ड, २०२६’ प्रदान गरेको हो ।

शिक्षण संस्थाहरु र शिक्षाकर्मीहरुको मनोबल उच्च राख्न हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तण्डुकारले जानकारी दिए । उनले देशको शिक्षा क्षेत्रको विकास, विस्तार र गुणात्मक सुधारमा उल्लेख्य योगदान पु¥याएका शिक्षण संस्था, शिक्षण संस्थाका प्राचार्य, शिक्षाविद् र शिक्षा पत्रकारहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मानित गरिएको बताए ।
नेपाल–भारतका शिक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको सम्मान कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमाले पुरस्कार तथा सम्मान वितरण गरेका थिए ।


