वीरेन्द्रनगरमा नवजात शिशुको शव फेला


वीरेन्द्रनगर । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको घण्टाघर नजिक एक नवजात शिशु (बालक) को बेवारिसे लास फेला परेको छ ।
शनिबार विहान घण्टाघर नजिका एक स्थानीयको घरको पछाडी पट्टि कम्पाउण्ड भित्रको देवालको छेउमा अन्दाजी ९÷१० महिनाको जस्तो देखिने नवजात शिशुको लास फेला परेको हो ।

सडेगलेको अबस्थामा नवजात शिशुको वेवारिसे लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपक मगराठीको कमाण्डमा खटिएको टोलीले घटनाको मुचुल्का उठाएको हो ।
शव परीक्षणका लागि प्रदेश अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

