पञ्चपुरीको दहतालमा डुबेर युवकको मृत्यु

बाबियाचौर । सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित चर्चित दहतालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

दैलेखको गुँरास गाउँपालिका घरभई हाल वीरेन्द्रनगर–६, स्थित ग्रिल उद्योगमा काम गर्ने १८ वर्षिय रमेश पुन मगरको दहतालमा पौडी खेल्ने क्रममा डुबेर मृत्य भएको हो । शनिबार वीरेन्द्रनगरबाट रमेशसहित ८ जनाको टोली घुम्न पञ्चपुरी नगरपालिका–८, स्थित दहताल पुगेका थिए ।

दहताल पुगेपछि पौडी खेल्नेक्रममा रमेश डुबेर तालभित्रै बेपत्ता भएका थिए भने अन्य ७ जनालाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दहतालमा मानिस बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बाबियाचौर, जिल्ला प्रहरी कार्यालय सुर्खेत र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गुटुबाट खटिएको छुट्टाछुट्टै टोलीले संयुक्त खोजतलास सञ्चालन गरी तालमा वेपत्ता रमेशलाई मृत्त फेला पारेको हो ।

अहिले शब पोष्टमार्टमका लागि सालकोट अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Translate »