२०८३ असार ३० , मंगलबार
Sky News Nepal
२०८३ असार ३० , मंगलबार

विपद्जन्य क्षति न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारी गर्न सभामुख अर्यालद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विपद्जन्य घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले अविरल वर्षासँगै बाढी, पहिरो तथा डुबानका घटनाहरु बढेको विषयमा ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख अर्यालले विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्दारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार
Translate »