२०८३ असार ३१ , बुधबार
Sky News Nepal
२०८३ असार ३१ , बुधबार

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले आज (असार ३१ गते) एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत अध्यक्ष चयन गर्न आवेदन माग गरेको हो ।

मन्त्रालयका अनुसार विज्ञापन बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट गरी नियुक्त गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ ।

आवेदन दिन चाहने योग्य उम्मेदवारहरूले आगामी २०८३ साल साउन ८ गते (शुक्रवार) कार्यालय समयभित्र मन्त्रालयमा आफ्नो दरखास्त पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।

अध्यक्ष पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारामको ढाँचा तथा दरखास्तसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू सम्बन्धी विस्तृत विवरण सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा हेर्न र डाउनलोड गर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार
Translate »