२०८३ साउन ६ , बुधबार
Sky News Nepal
२०८३ साउन ६ , बुधबार

सुर्खेतको गुर्भाकोटमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाईते, तीनको अवस्था गम्भीर



सुर्खेत । पूर्वी सुर्खेतको सिम्ताबाट गुमीतर्फ आउँदै गरेको फोर्स गाडी गुर्भाकोट नगरपालिकाको सेराघारीमा दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।

घाईते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आज दिउँसो कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्वरको फोर्स गाडी जिल्लाको गुर्भाकोट नगरपालिका–१३, अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।

टाउँकोमा चोट लागेर गम्भीर घाईते हुने सिम्ता गाउँपालिका–९, का गणेश वलीको प्रदेश अस्पताल कालागाउँ, गुर्भाकोट नगरपालिका–१३, का ५ वर्षिय रियाज शाहीको माया अस्पताल वीरेन्द्रनगर र तनहुँ जिल्ला घर बताउने ३९ वर्षिया भावना राईको मेहलकुना अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मध्यम र सामान्य घाईतेहरुको मेहलकुना अस्पताल गुर्भाकोटमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए । उनले दुर्घटनाग्रस्त गाडी घटनास्थलमा रहेको र गाडी चालकलाई प्रहरीको नियन्त्रणमा लिएर कारवाहीका लागि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बताए ।

उनका अनुसार मध्यम र सामान्य घाईते हुनेमा गुर्भाकोट–१३ की २३ वर्षियाँ ममता पुन, सिम्ता– ९ की ४५ वर्षिया बिष्णुमाया सुनार, सिम्ताकै सोही ठाउँका १० वर्षिय प्रविन सुनार, तनहुँ जिल्ला घर भएका २ वर्षिय प्रज्वल राई, गुर्भाकोट–१४ की ३२ वर्षिया जैसरा बुढा, सोही ठाउँकी ६० वर्षिया भुमिसरा खड्का, भूमिसराका श्रीमान ४२ वर्षिय उदयराम भुजेल, सोही ठाउँकी ४५ वर्षिया धनमाया भुजेल, सिम्ता–९ की ३२ वर्षिया टिका खत्री, सोही ठाउँका ६० वर्षिय भिमबहादुर थापा, सोही ठाउँकी ५५ वर्षिया तुलसरा सुनार, गुर्भाकोट–१४ का १२ वर्षिय सक्षम बुढा, गुर्भाकोट–१२ की १५ वर्षिया प्रिति गुरुङ, सिम्ता–९ की ३० वर्षिया शान्ता खत्री, गुर्भाकोट–१४ की १७ वर्षिया भावना आले र सिम्ता–९ की ३० वर्षिया मनिषा थापा रहेका छन् ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार
Translate »