२०८३ साउन ७ , बिहीबार
Sky News Nepal
२०८३ साउन ७ , बिहीबार

पुष्पलाल स्मृति दिवसमा एमाले सुर्खेतद्वारा वृक्षारोपण



सुर्खेत । नेकपा एमाले सुर्खेतले ४८ औं पुष्पलाल श्रेष्ठ स्मृति दिवस विविध कार्यक्रमको आयोजना गरी स्मरण गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव समेत रहेका श्रेष्ठको स्मृति दिवसमा एमाले सुर्खेतले विहीबार वीरेन्द्रनगर–४ स्थित सहिद पार्कमा वृक्षारोपण गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव यामलाल कँडेलले पुष्पलाल श्रेष्ठले देखाएको राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणको दिशाले नै देशको गरिबी, अभाव र पछौटेपनलाई हटाउन सक्ने जनाए ।

पुष्पलालले स्थापित गरेका विचार, आर्दश र मूल्यमान्यतालाई व्यवहारमा उतार्न सके मात्र उनीप्रति साँचो श्रद्धाञ्जली हुने उनको भनाइ थियो ।

पुष्पलाल स्मृति दिवस कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा वृक्षारोपण, विचार गोष्ठीलगायतका विविध कार्यक्रम गरी स्मरण गरिएका समाचारहरु प्राप्त भएका छन् ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार
Translate »