२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

सुर्खेतमा सर्पको डसाइबाट महिलाको मृत्यु



सुर्खेत । पश्चिम सुर्खेतमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको चौकुने गाउँपालिका–१० चालिखे निवासी ५८ वर्षीया देउमा कामीको सर्पको डसाइबाट आज विहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार मंगलबार साँझ घरमा भाँडा माझ्ने क्रममा कामीलाई सर्पले दायाँ हातको चोर औंलामा डसेको थियो ।

सर्पले डसेपछि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याईएकोमा उपचारकै क्रममा चिकित्सकले मृत्त घोषणा गरेको डीएसपी बोहराको भनाइ भनाइ छ । चौकुने गाउँपालिका वीरेन्द्रनगर नगरपालिकादेखि करिब ७० किलोमिटर दूरी टाढा रहेको छ ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार
Translate »