

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज बसेको १२५औं बोर्ड बैठकले उक्त निर्णय गरेको हो । राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।
यस्तै २०औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरेको छ । मन्त्री पोखरेलले दशौंं राष्ट्रिय खेलकुद सफल बनाउन सम्पूर्ण पक्ष एकताबद्ध भई लाग्न अनुरोध गरेका छन् ।
प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार











