२०८३ भदौ १ , सोमबार
Sky News Nepal
August 17, 2026

बुवाको हत्या आरोपमा छोरा पक्राउ



भुरीगाउँ । बर्दियामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा १९ वर्षीय छोरा पक्राउ परेका छन् ।

४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरुवा गाउँपालिका–५, का १९ वर्षीय सरगम आचार्य पक्राउ परेका हुन् । सरगमले घरको कोठामा कुटपिट गर्दा टेकराजको मृत्यु भएको प्रहरीले बताएको हो ।

घरको कोठामा कुटपिट गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सरगमलाई गएराति पक्राउ नै गरिएको जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार
Translate »