२०८३ असोज २६ , सोमबार
Sky News Nepal
October 12, 2026

पहिरोले स्काभेटर पुर्दा चालकको मृत्यु



मुगु । पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ ।

आज विहान मुगुको खत्याड गाउँपालिका–११ बिरा खोला क्षेत्रमा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन् ।

मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज जोड्ने नयाँ सडक निर्माणका क्रममा बिहान करिब ८ः३० बजेमाथिबाट खसेको पहिरोले बा ३ क ३२७६ नम्बरको स्काभेटर र चालकलाई पुरेको थियो ।

प्रहरीका अनुसार बिहान ९ : ४० बजेदेखि जेसीबीको सहायताले पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो । बिहान १०ः३० बजे उद्दार गरी चालकलाई उपचारका लागि ट्रकमार्फत प्राथमिक स्वास्थ्य केन्द्र रातापानी पुर्‍याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा बझाङ जिल्ला घर भएका स्काभेटर चालक २४ वर्षीय विमल बाग रहेका छन् । घटनामा घाइते भएका सह चालक सोरू गाउपालिका १ निवासी २२ वर्षीय विनय मल्ललाई भने माथिबाट खसेको ढुङ्गाले हात र खुट्टामा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार
Translate »