२०८३ मंसिर १४ , आइतबार
Sky News Nepal
November 29, 2026

जिम्न्यास्टिकको टीम च्याम्पियनसिप नेपाल आर्मीलाई



सुर्खेत ।  १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्न्यास्टिक टिम च्याम्पियनसिपमा नेपाल आर्मीले पहिलो स्थान हासिल गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ गरी कुल २ सय ९२ दशमलव १३ अंक जोड्दै नेपाल आर्मी पहिलो भएको हो । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) २ सय ५९ दशमलव ५० अंकका साथ दोस्रो हुँदा बागमती प्रदेशले २ सय ५९ दशमलव १८ अंक जोड्दै तेस्रो स्थान हासिल गरेको छ ।

नेपाल प्रहरीले १ सय ७४ दशमलव ९० अंकसहित चौथो, गण्डकी प्रदेश १ सय २१ दशमलव ५५ अंकका साथ पाँचौं, सुदूरपश्चिम प्रदेशले ५२ दशमलव २५ अंक जोडेर छैटौं, लुम्बिनी प्रदेशले ४७ दशमलव ७० अंकसहित सातौं र कोशी प्रदेशले ३२ दशमलव ७५ अंकसहित आठौं स्थानमा प्रतियोगिता टुंग्याएका छन् ।

नेपाली सेनाले पुरुषतर्फ १ सय ९४ दशमलव ०५ र महिलातर्फ ९८ दशमलव ०८ अंक जोडेको थियो । दोस्रो भएको एपीएफले पुरुषतर्फ १ सय ७८ दशमलव ४५ र महिलातर्फ ८१ दशमलव ०५ अंक प्राप्त गरेको थियो भने तेस्रो भएको बागमती प्रदेशले पुरुषतर्फ १६६ दशमलव ५५ र महिलातर्फ ९२ दशमलव ६३ अंक प्राप्त गरेको मुख्य प्रशिक्षक सुदेशसागर जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ मंसिर १४ गते आइतबार
Translate »