सुर्खेतमा ७ जुवाडे रंगेहात पक्राउ

स्काई न्यूज/असोज २०, सुर्खेत ।
सुर्खेत प्रहरीले भेरीगंगा नगरपालिका—१३, सत्तरीबाट ७ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले सोमबार काठेघारी सामुदायिक वन भित्र जुवा खेलिरहेको जुवा खालबाट एक लाख ९१ हजार ४ सय ९५ रुपैयाँसहित ७ जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका सन्दिप श्रेष्ठ, धिरज अधिकारी, चिरञ्जीवि वली तथा भेरीगंगा नगरपालिकाका कर्णबहादुर चन्द, दिपक थापा, दिपक वली र भानु खड्का रहेको ईलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक निरोज चौलागाईंले बताए । उनले उनीहरुलाई फौजदारी अपराध संहिता परिछेच्द ५ को दफा १२५ बमोजिम पहिलो पटकको हकमा तीन महिना कैदसहित ३० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको जानकारी दिए ।