२०८३ असार २८ , आइतबार
Sky News Nepal
२०८३ असार २८ , आइतबार

आफ्नो मृत्यु हुने समय पहिल्यै थाहा पाएपछि युवती आफैंले गरिन् तयारी !



असोज ३०,एजेन्सी।
आफ्नो मृत्युको बारेमा कसैलाई पनि पूर्व-ज्ञान वा संकेत हुदैन । मृत्यु कहिले, कहाँ, कसरी हुन्छ ? यो कसैलाई पनि थाहा हुँदैन। भनिन्छ, पुराना जमानामा जो मानिस धेरै ध्यान गर्थे, उनीहरुले मात्र आफ्नो मृत्युका विषयमा जानकारी पाउँथे । हालै फिलिपिन्समा यस्तो विषय सार्वजनिक भएको छ, जसले सबैलाई चकित तुल्याएको छ। फिलिपिन्सकी एक मोडल तथा विद्यार्थी राचीन परंगुटालाई आफ्नो मृत्युका विषयमा जानकारी भयो। आफ्नो मुत्यु हुने दिन थाहा पाएकी उनले त्यसको सम्पूर्ण तयारी गरेकी थिइन्।अन्तर्राष्ट्रिय संचारमाध्यमकाअनुसार २० वर्षीया राचीन निकै सुन्दर छिन्।

उनले आफ्नो करियर भर्खर मात्रै सुरु गरेकी थिइन्। त्यतिबेला उनलाई थाहा भयो की आफू आस्टिओसार्कोमा नामक क्यान्सरबाट पीडित भएको जानकारी भयो। सो विरामीले पीडितको शरीरको हड्डीमा असर गर्छ। उनलाई थाहा थियो की, आफूसँग धेरै समय छैन। तर उनले आफ्नो मृत्यु पहिला केही इच्छा पूरा गर्नु थियो। उनको अन्तिम इच्छा थियो आफ्नो दाह संस्कार गर्ने बेलामा आफू निकै सुन्दरी देखिनु। राचीन चाहन्थिन् आफ्नो मृत्युपछि मृत शरीरमा सेतो टप र कपालमा फूलको हार होस्। आफ्नो यही इच्छालाई उनले आफन्तसँग शेयर गरिन्। जब विरामीसँग लड्दै गर्दा उनको मृत्यु भयो, उनका आफन्तले उनको अन्तिम इच्छा पूरा गरे। उनको चिताको फोटो सामाजिक संजालमा निकै शेयर भएको छ। राचीन मृत्युपछि चितामा निकै सुन्दर देखिएकी थिइन्। यसबाहेक राचीनको अर्को एउटा इच्छा पनि थियो। उनी चाहन्थिन आफ्नो मृत शरीर आफ्ना बुवाको चिहान नजिकै होस्। तर, ठाउँ नभएका कारण उनको वुबाको चिहानमाथि उनको चिहान बनाइएको छ। यति छोटो उमेरमा संसार छोडेकी राचीनले दुनियाका सामु मृत्युलाई हाँसी हासी स्वीकार गरेकी छन्।(कालापानी पोस्ट)

 

 

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रबार
Translate »