टर्कीको भूकम्प प्रभावित क्षेत्रमा तीन महिने संकटकाल घोषणा
माघ २४, काठमाडौं । टर्कीको भूकम्प प्रभावित १० प्रान्तमा तीन महिने संकटकाल घोषणा गरिएको छ ।
टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोगानले भूकम्पबाट अतिप्रभावित दक्षिण–पूर्वी क्षेत्रका १० प्रान्तमा तीनमहिने संकटकाल घोषणा गरेका हुन् ।
भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला भूकम्प प्रभावित १० प्रान्तमा तीन महिनाका लागि संकटकाल घोषणा भएको बीबीसीले जनाएको छ ।
उनका अनुसार टर्कीमा भूकम्पबाट अहिलेसम्म ३ हजार ५४९ जनाको मृत्यु भएको छ । त्यस्तै सिरियामा १६ सय भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।
सोमबार टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो ।