कामदार बोकेका तीन वटा बस पहिरोले पुरिए

मनिला । दक्षिणी फिलिपिन्समा ठूलो पहिरो खस्दा तीनवटा यात्रु बस पुरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डाभाओ डे ओरो प्रान्तको माको सहरमा खानी स्थल नजिकै पहिरो गएको थियो । यात्रु बसहरूले खानी स्थलबाट कामदारहरू बोकेका थिए । पहिरोमा धेरै मानिसहरु पुरिएको बताइएको छ ।
स्थानीय प्रकोप निकायले पहिरोबाट कति मानिस प्रभावित भए भन्ने यकिन गर्न भएको छैन । स्थानीय अधिकारीहरूले पीडितहरूको उद्धार गर्न र प्रभावित सहरबाट गाउँलेहरूलाई विस्थापित गर्न आफ्ना कर्मचारीहरू परिचालन गरेका छन् । एजेन्सी ।