आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।
मंगलवार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आवको सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरिएको छ भने पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको छ ।

सरकारले १२ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै, ५२ अर्ब ३३ करोड वैदेशिक अनुदान जुटाइने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बजेटले ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको छ ।