सडक मर्मतमा ध्यान देऊँ !
हिउँदभर गाडी चल्ने पश्चिम सुर्खेतका ग्रामीण सडकहरु वर्षा लागेसँगै अवरुद्ध भएका छन् । यतिबेला ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा मानिसको आवतजावत गर्न समेत समस्या हुने गरेको छ । पश्चिम सुर्खेतमा सडकको ट्¥याक खुलेको तीन दशकदेखि नागरिकले वर्षायाममा सास्ती भोग्न बाध्य पारिएको छ । हिउँदभर धुलाम्मे ग्रामीण सडकहरु वर्षा लागेसँगै हिलाम्यै हुने गरेका छन् । हाल जारी पश्चिम सुर्खेतको बड्डीचौर–गुटु–बेनीघाट सडकको स्तरोन्नतीका कामले यातायातका सवारी साधनलाई थप हैरानी बनाएको छ । खासगरी बड्डीचौरदेखि खम्बागाँडे सडक निर्माण ठेकेदारको चरम लापरवाहीले सवारी साधनसँगै सर्वसाधारणले थप सास्ती खेपेका छन् । विकल्प विना नै सडक अवरुद्ध पारेर निर्माण गरिरहेको उक्त ठेकेदार कम्पनी विरुद्ध नागरिक स्तरबाट गरिएका आग्रहलाई वेवास्ता गरिएको छ । आम नागरिकले सहजरुपमा उपभोग पाउने अधिकारमाथि ठाँडो उलघन गर्ने ठेकेदार मात्र होइनन्, जनप्रतिनिधि माथि समेत आजसम्म कसैले उजुरी नदिनु पश्चिम सुर्खेतबासीको ‘दयनियता’ अर्थात ‘बेचारापन’ ? सहजै अनुमान लगाउन सकिन्छ ।
यस्तोमा आम सर्वसाधारणले दिनहुँ भोगिरहेको सास्तीप्रति स्थानीय जनप्रतिनिधिहरु बेखर हुनु भनेको गैरजिम्मेवारपन हो । स्थानीय नागरिकको आवाजलाई सकेसम्म आफैले सम्बोधन गर्ने, नसके सहयोगका लाििग प्रदेशदेखि संघसम्म गुहारर्ने जिम्मेवारी पालिका स्तरका जनप्रतिनिधिको हो । आफ्ना नागरिकले भोग्नु परेका समस्याप्रति गैरजिम्मेवार हुने जनप्रतिनिधिलाई नैतिक दवाव दिनु पर्छ । त्यतिले मात्र पुगेन भने जिम्मेवारी लिएको जनप्रतिनिधिले आफ्नो कर्तव्य पुरा नगरी वेवास्ता गरेमा उसका विरुद्ध अदालतमै उजुरी दिन पर्छ । अहिले पश्चि सुर्खेतसँगै चिङ्गाड, सिम्ता, लेकबेशीकाले जनताले समेत वर्षातमा सास्ती व्यर्होर्नु परेको छ । ती पालिका अन्तरर्गतका अधिकांश सडकहरु बेला–न–कुबेला अवरुद्ध बन्ने गरेका छन् । कतिपय सडकखण्डमा अत्याधिक पहिरो खस्ने र स–साना खोलाहरु बर्षातमा पानी बढ्ने भएकाले कतिपय सडक अवरुद्ध हुँदै आएका छन् । कच्ची सडकमा नाला समेत नभएका सडक हिउँदभर मर्मत भएर गाडी चले पनि वर्षायाम लागेसँगै ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डी हुने गरेका छन् । कतिपय पालिकासँग मनसुनजन्य विपद्सँग प्रतिकार्य गर्ने आवश्यक स्रोत साधनको समेत अभाव छ । गा
डीमा सवार यात्रुहरुको सकुशल उद्दार गर्ने तरिका समेत सिकाईएको छैन् । खोलामा आएको बाढीले सवारी साधनसँगै मानव डुबिनै हाले पालिका स्तरमा बचाउने पूर्वाभ्यासको गरेको देखिदैन् । यतिबेला पानीको बहाव बढेकाले कच्ची सडकहरुमा धेरैजस्तो सवारी साधन विग्रिने गरेका छन् । ग्रामीण क्षेत्रका सडकहरु वर्षायाममा गाडी नै चल्न नसक्ने बन्दा सर्वसाधरणलाई सास्ती हुने गरेको छ । यस वर्ष कर्णाली प्रदेशमा ५० हजार बढी जनसंख्या मनसुनबाट प्रभावित हुने अनुमान गरिएको छ । सकारी पक्षबााट कुनै विशेष तयारी भएको देखिदैन् । मनसुन अबधिभर कर्णाली प्रदेशभरी ११ हजार पाँच सय ४८ घर परिवारका ५० हजार ४ सय ६४ मानिसहरु प्रभावित हुने अनुमान गरिएको छ । त्यसमा ५ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुनुका साथै २ हजार ५ सय परिवारलाई उद्दार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले पनि यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । सोही अनुसार प्रतिकार्य योजना तयार पारेर जोखिम कम गर्न पालिका र प्रदेश सरकारका निकायहरु विभिन्न गैरसरकारी संघसंस्थाहरु मिलेर अब आउँदा हरेक दिन मात्र हरेक क्षण तयारी अवस्थामा बस्नुपर्ने देखिन्छ । विपद् घण्टी बजाएर आउँदैन् । विपद् जोखिम कम गर्न, विपद् आइहाले उद्दार तुरुन्त हुने प्रबन्ध मिलाउने, आवश्यक स्रोतसाधनसँगै जनशक्ति तयारी अवस्थामा राख्ने र विपद्मा परेकाहरुको पुनस्र्थापना बेलामै गर्न सक्ने शक्ति अहिलेदेखि संञ्चित गर्न पालिका र प्रदेश तयारी अवस्थामा बस्नु पर्छ ।