२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

टिकटकको प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दियो निर्देशन



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रवार (आज) एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको जनाएको छ ।

‘मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,’ सूचनामा उल्लेख छ ।

सरकारले गत वर्षको कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २०८१ भदौ २१ गते शुक्रबार
Translate »