२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं ।  नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर पहिलो वर्ग पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेल प्रतिलिटर १५६/१५६ रुपैयाँ पर्छ । बढेको नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार
Translate »