भारतले जमुनाह नजिकैको दशगजा क्षेत्रमा लगायो काँडेतार, नेपाली सुरक्षाकर्मी बेखर

बाँके । भारतले बाँकेको जमुनाह नजिकैको दशगजा क्षेत्रमा लगायो काँडेतार लगाएको छ ।
नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी भारतले दशगजा क्षेत्रमा काँडेतार लगाएको हो । सीमा रेखा आफैमा सम्वेदनशील क्षेत्र हुने भएकाले दुई वीचको सीमामा हुने जुनसुकै गतिविधि बारे एकले अर्कोलाई जानकारी दिनु पर्ने चलन छ ।
यस बारेमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने, ‘भारतले सिमेन्टका पोल र काँडेतार आफ्नो भू–भागमा लगाएको हो, जसले चोरीसिकारी र तस्करी रोक्नका लागि काम गर्छ ।’ उनले यसबारे भारतको निर्णयलाई विवादको विषय नरहेको बताए । उनका अनुसार काँडेतार भारतीय भू–भागमा रहेको छ र दशगजा क्षेत्रमा छैन ।

प्रजिअ रिजालले भने, ‘भारतले काँडेतार लगाउँदा सुरक्षा निकायसँग कुनै समन्वय गरेको छैन, र यो दशगजा क्षेत्र नभर्इ भारतीय भू–भागमा पर्ने भएकाले समन्वयको आवश्यकता पनि छैन ।’
त्यस क्षेत्रको अवस्थिति अनुसार, काँडेतार जमुनाहबाट लगभग १ सय मिटर पूर्वमा देख्न सकिन्छ । तर नेपाली सुरक्षा अधिकारीहरूले कुन क्षेत्रसम्म भारतले काँडेतार लगाइएको हो भन्ने बारे बेखर छन् ।
भारतले काँडेतार लगाएको क्षेत्रले खेतीबारीको समय बाहेक अन्य समयमा नेपालबाट आउने गाईगोरु र अन्य जनावरहरूको चरिचरणलाई रोक्नका लागि गरेको अनुमान स्थानीयवासीहरूको छ ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) स्रोतले भने, भारतको वन विभागले काँडेतार लगाएको पुष्टि गर्दै जनावरहरूले बालिनाली नष्ट गर्ने गरेकाले यस्तो कदम उठाइएको बताएको छ । एसएसबीका अनुसार काँडेतार सिमा अतिक्रमण रोक्नको लागि नभई, नेपाल र आसपासका जङ्गलबाट आउने जनावरलाई रोक्नका लागि लगाइएको हो ।