सगरमाथाको चुचुरो चुम्ने दृष्टिविहीन शिक्षकको सपना

सल्यान । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड गरेको इतिहासका बिच सल्यानका एक दृष्टिविहीन शिक्षकले सगरमाथा आरोहण गर्ने भएका छन् । दृष्टिबिहिन मानिस सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि शिवजन माध्यमिक विद्यालय शारदा नगरपालिका–१ शितलपार्टीका दृष्टिबिहिन शिक्षक राजेश अर्यालले सगरमाथा आरोहणको तयारी गरेका हुन् ।

अमेरिकाका दृष्टिबिहिन एरिकले सन २००१ मा सगरमाथाको सफल आरोहण गरेको खबर सुने पछि आफूलाई पनि सगरमाथा आरोहण गर्ने हुटहुटी जागे पनि आर्थिक स्रोतको व्यवस्थापन लगायतका अन्य कारण सम्भव नभएपनि अहिले सबै हिसाबले सहज भएको बताए । एक महिना हिमाल आरोहणका लागि ट्रेनिङ लिने तत्पश्चात् कन्चनजंगा हिमालको आरोहण गरेर वैशाखको पहिलो सातासम्म सगरमाथा आरोहण लक्ष्य लिएको उनको भनाई छ ।

उनले भने दृष्टिबिहिन भएर पनि सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छु । धेरै वर्षदेखिको योजना अब साकार हुनेमा आशावादी छु । केही आर्थिक सहयोग समेत जुटिसकेको छ ।

बिदाइ गर्दै शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र शारीरिक रुपमा अपाङ्गता भए व्यक्ति पनि अवसर पाए भने जस्तोसुकै चुनौतीलाई पनि सामना गर्न सक्छन् भन्ने उदाहरण अर्यालले देखाएको बताए ।

 

Translate »