सुर्खेतको कोपिला माविको विव्यस अध्यक्षमा पुनः शाही र शिअसंको अध्यक्षमा पौडेल निर्वाचित

सुर्खेत । कोपिला माध्यमिक विद्यालय पर्सेनी सुर्खेतको नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः रविन्द्रजंग शाही निर्वाचित भएका छन् । पर्सेनीमा भएको अभिभावक भेलाबाट निर्वाचित सदस्यहरुले शाहीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

भेला यसअघि ललित डाँगी, मानबहादुर घर्ती, रत्नकुमारी महतरा र धनसरा सुनारलाई सर्वसम्मत निर्वाचित गरेको थियो । बुधबार जेष्ठ सदस्य ललित डाँगीको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले पुर्नः रविन्द्रजंग शाहीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

समितिको सदस्यमा ललित डाँगी, मानबहादुर घर्ती, रत्नाकुमारी महतरा, धनसरा सुनार, श्यामबहादुर वली (शिक्षक प्रतिनिधि), बलकौरा कार्की, सदस्य सचिवमा दुर्गा शाक्यसँगै पदेन सदस्यमा वीरेन्द्रनगर नगरपालिका वडा नं ९, का वडा प्रतिनिधि रहेका छन् ।

यस्तै भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा चन्द्रा पौडेललाई चयन गरेको छ । पर्सेनीमा मंगलबार भएको अभिभावक भेलाले अध्यक्षमा पौडेललाई सर्वसम्मत निर्वाचित गरेको हो ।

उक्त कार्य समिति सदस्यमा टिका न्यौपाने, डिलकुमारी चन्द, सर्जु थारु, कमला नेपाली, प्रेमप्रसाद जैसी, झरना विसी, चित्रा सिंह, तिर्था रावत, पदेन सदस्यमा प्रअ दुर्गा शाक्य र सदस्य सचिवमा मानबहादुर चन्द रहेका छन् ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ शिक्षा ऐन २०२८ र शिक्षा निमावली २०५९ अनुसार नयाँ कार्यसमितिहरु निर्वाचित भएको विद्यालयका प्रधानाध्यपक दुर्गा शाक्यले स्काई न्यूजलाई जानकारी दिईन् ।

Translate »