गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्पका रुपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्वराजालाई आग्रह गरेका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्वराजालाई हौसिन आवश्यक नरहेको बताए ।

उनले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने जनाए ।

सामान्यतयाः आन्दोलनबाट फालिसकिएको राजसंस्थाका राजा उसैदेशमा सबै स्वतन्त्रतापूर्वक उपभोग गरेर बसेको ईतिहास विरलै भेटिने गरेको बताए ।

लोकतन्त्रमा सयमित, परिष्कृत, उद्दार र सहिष्णुता रहेकोको बताउँदै उनले जनताले फालिसकेको राजसंस्थाका राजाले स्वतन्त्रतापूर्वक अधकिारको उपभोग गरेर बसिरहेको जनाए । उनले कसैले पनि लोकतन्त्रलाई कमजोरीका रुपमा नलिन समेत आग्रह गरे ।

Translate »